थप समाचारबिहीबार, माघ १६, २०७०
गाडीको ठक्करबाट सडकमै निदाएका एकको मृत्यु
मादक पदार्थ सेवन गरी सडकमै सुतेका एक जनालाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । मातेर १५ माघ राति सडकमा सुतेका बेला बसले ठक्कर दिँदा पाल्पा, दोभान–९ जमुनेका ३३ वर्षीय शंकर घिमिरेको मृत्यु भएको दोभान प्रहरीचौकीले जानकारी दिएको छ ।
दोभान–५ बाट मूल सडकमा आउँदै गरेको बुटवल–दर्लमडाँडा संचालन हुने लु १ ख ३१८८ नम्बरको बसले उनलाई ठक्कर दिएको हो । मृतकको शव, बस र बस चालकलाई १६ माघ बिहान सदरमुकाम तानसेनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
देब पचभैया, पाल्पा
