थप समाचारबिहीबार, माघ १६, २०७०

सहमतीय सरकारको संभावना सकियोः पोख्रेल

हिमालखबर

एमाले सचिव पोख्रेलले सहमतीय सरकार गठनको संभावना सकिएकाले अब बहुमतीय प्रणालीबाटै नयाँ सरकार गठन हुने दावी गरे । रिपोर्टर्स क्लबले १६ माघमा गरेको कार्यक्रममा उनले अब सहमतिको नाममा राष्ट्रपतिसँग समय थप गर्नुपर्ने आवश्यकता नभएको बताए ।

“राष्ट्रपतिले बिधि मिचेर हतारमा सरकार निर्माणका लागि आव्हान गरेका छन्,” उनले भने, “सरकारले जारी गरेको अध्यादेश टुङगो नलगाई, सभामुख तथा उपसभामुखको निर्वाचन नगरी सरकार निर्माणको लागि आव्हान गर्दा प्रक्रिया उल्टो भएको छ ।”

उनले संविधानको संरक्षक राष्ट्रपतिले नै बिधि नमाने अप्ठ्यारो अवस्था आउने बताए । नयाँ जनमत पछि पनि पुरानै राष्ट्रपति कायम रहने कुरा लोकतन्त्रविरुद्ध भएको उनको भनाइ छ ।

“राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, समिति र सरकारमा प्रमुख दलहरुबीच सम्मानजनक शक्ति बाँडफाँड भए मात्रै संविधान निर्माण सजिलोसँग हुन्छ,” उनले जिकिर गरे । उनले शान्ति प्रक्रियाको स्टेक होल्डर बताउने माओवादीले प्रतिपक्षमा बस्छौं भनेर बिरोधाभाषपूर्ण कुरा गरेको टिप्पणी गरे ।

उनले सरकारमा एमाओवादी पनि सामेल हुनुपर्ने सुझाव दिँदै भने, “१२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र नयाँ जनादेश अनुसार सहमतिको यात्रा गर्दै अघि बढ्नु जरुरी छ ।” पार्टीको संसदीय दलको नेता चयनको विषयमा भने उनले सहमतिमै नेता चुन्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>