समाचारबिहीबार, माघ १६, २०७०

०४७ सालकै संविधानको फोटोकपी आउने खतराः सापकोटा

हिमालखबर

एमाओवादी प्रवक्ता सापकोटाले ‘यस्तै अवस्था रहे २०४७ सालकै संविधानको फोटोकपी आउन बेर नलाग्ने’ भन्दै आशंका व्यक्त गरेका हुन् । राजधानीमा १६ माघमा भएको कार्यक्रममा उनले भने, “अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा विवाद हुँदा देश पुनः यथास्थितिमा फर्कने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।”

उनले विगतका सहमति र संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहणको विषयको बिरोधले हिजोका सहमति नमान्ने स्थिति पैदा भएको टिप्पणी गरे । “संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा भएको बिरोधले २०४७ सालको संविधानको फोटोकपी आउन खतरा देखिएको छ,” उनले भने, “संविधानसभा बाहिर पनि सशक्त जनमत बनाउन आवश्यक छ ।”

उनले संविधान लेखनमा अप्ठ्यारो अवस्था आउन नदिन एमाओवादी सरकारमा जान तयार रहेको स्पष्ट पारे । तर, अहिलेसम्म आफूहरु प्रतिपक्षमै बस्ने पक्षमा रहेको उनले बताए ।

“हामीले सरकारमा जाने ढोका बन्द गरेका छैनौं, उनले प्रष्ट पारे, “संविधान निर्माणमा समस्या उत्पन्न भयो भने हामी सरकारमा जान सक्छौं ।” तर, उनले कांग्रेस र एमाले मिलेर सरकार बनाए राम्रो हुने टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>