समाचारसोमबार, साउन २२, २०६९

भट्टराईलाई एक सेकेन्ड पनि पदमा बस्ने अधिकार छैनः कोइराला

हिमालखबर

कोइराला निवास महाराजगंजमा २२ साउनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए । संविधानसभा निर्वाचनयता एमाओवादी र एमालेले दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेकाले अब पालो पनि कांग्रेसको भएको सभापति कोइरालाको भनाई थियो ।

एमाओवादीका कारण विश्वासको संकट गहिरिँदै गएको सभापति कोइरालाले बताए ।’चाबी विदेशीको हातमा रहेछ’ भन्ने प्रधानमन्त्री बाबुराम भट्टराईलाई एक सेकेन्ड पनि पदमा बस्ने अधिकार नभएको उनले उल्लेख गरे । देशको कार्यकारी प्रमुखबाट यस्तो धारणा आउनु गम्भिर भएको कोइरालाले उल्लेख गरे ।

अर्को प्रसंगमा कोइरालाले चुनावमा जाने विषयमा आफ्नो पार्टी बाधक नबन्ने तर कस्तो चुनाव गर्ने, प्रक्रिया के हुने भन्ने विषयमा दलहरु स्पष्ट हुनुपर्नेमा जोड दिए । संविधान पुनर्स्थापना भने कांग्रेसलाई अस्विकार्य भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>