समाचारबिहीबार, माघ १६, २०७०

एमालेले २१ माघमा दलको नेता छान्ने

हिमालखबर

एमालेले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न नसकेपछि २१ माघमा निर्वाचन गर्ने भएको हो । पार्टी कार्यालय बल्खुमा १६ माघमा बसेको एमाले स्थायी समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

संसदीय दलको नेता हुन आकांक्षी सबै नेताले अडान नछोडे पछि एमालेले निर्वाचनमै गएर नेताको टुंगो लगाउने भएको हो । बैठकमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नेता केपी ओलीले नै दाबेदारी प्रस्तुत गरेका छन् ।

बैठक पछि सचिव विष्णु पौडेलले संसदीय दलको नेतामा सर्वसम्मती हुन नसकेको र नेताको चयन प्रक्रिया निर्वाचनबाटै टुंगो लगाउने निर्णय भएको जानकारी दिए । तर, उनले अन्तिम समयसम्म सहमतिको प्रयास जारी राख्ने बताए ।

केन्द्रीय कमिटी बैठक २० माघमा
एमाले स्थायी समिति बैठकले २० माघमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकमा पनि संसदीय दलको नेता र उपनेता चयनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटीमा पनि नेता चयनका विषयमा सर्वसम्मत नभए चुनावमार्फत् नै टुंगो लगाउने निर्णय एमालेले गरेको हो । एमालेले १९ माघमा सभासदहरुलाई प्रशिक्षण दिने कार्यक्रम पनि तय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>