थप समाचारबिहीबार, माघ १६, २०७०
सोलुमा एक चिनियाँको मृत्यु
सोलुखुम्बुको खुम्जुङमा १६ माघ बिहान एक चिनियाँ नागरिकको मृत्यु भएको हो । काठमाडौंबाट एक्लै खुम्बु क्षेत्रमा घुम्न आएका ३२ वर्षीय ओउयाङ रुइटेनको लेक लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक बद्रिविक्रम थापाले जानकारी दिए ।
उनका अनुसार खुम्जुङ–८ सोमारेस्थित एक होटलमा मृत अवस्थामा चिनियाँ नागरिकलाई भेटिएको थियो । मृत्युका बारेमा चिनियाँ दुतावासमा जानकारी गराइसकिएको भए पनि मृतक कुनै ट्राभल्स एजेन्सीमार्फत् नभई आएकाले प्रक्रियागत समस्या भएको उपरीक्षक थापाले बताए ।
१५ माघदेखि नै लेक लागेर अस्वस्थ बनेका चिनियाँ नागरिकलाई स्थानीयले घरेलु उपचार गरेको भए पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
