समाचारबिहीबार, माघ १६, २०७०

‘चन्दाले बदनाम माओवादी’

हिमालखबर

पार्टी कार्यालय बुद्धनगरमा शुरु भएको नेकपा–माओवादीको पोलिटब्यूरो बैठकमा बोल्ने सदस्यहरुले जथाभावी चन्दा उठाउँदा पार्टी बदनाम भएको भन्दै हाल ६ महिनासम्मका लागि चन्दा उठाउन बन्द गरी त्यसपछि व्यवस्थित रुपमा चन्दा कारोबार गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले केही व्यक्तिको काम नै डर, धम्की देखाएर पार्टीको नाममा चन्दा उठाउने र चन्दा उठाएको पैसा पार्टीलाई पनि जानकारी नदिई आफैँ राख्ने जस्ता विकृति बढ्दै गएकोले त्यसलाई निरुत्साहन गर्ने गरी चन्दासम्बन्धी पार्टी नीति हुनुपर्नेमा जोड दिएका थिए ।

प्रवक्ता पम्फा भुसालले भनिन्, “वर्षका ३६५ दिन नै चन्दा उठाउनेभन्दा पनि आत्मनिर्भर बन्दै पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने छलफल पार्टीमा भएको छ, हाम्रो जारी बैठकको एजेन्डामा चन्दा व्यवस्थित गर्ने भन्ने पनि छ । ”

बैठक आगामी असारमा हुने राष्ट्रिय सम्मेलनका तयारीमा केन्द्रित रहेको बुझिएको छ । फागुनभित्र गाउँ, क्षेत्र, जिल्ला र राज्य समितिको सम्मेलन सक्ने योजना पार्टीको छ । परी थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबीचको एकताबारेमा पनि बैठकले निर्णय गर्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>