समाचारबिहीबार, माघ १६, २०७०

नेपाली इमान्दार छन्: पूर्वप्रधानमन्त्री महाथिर

हिमालखबर

मलेसियामा काम गर्न आएका नेपाली इमान्दार र सक्षम भएकोले पनि नेपालमा विकासको प्रचुर सम्भावना भएको मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर विन मोहम्मदले बताएका छन् ।

“नेपाल सम्भावनायुक्त देश हो, यहाँ काम गर्न आएका नेपाली इमान्दार र सक्षम छन्,” नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सूरज वैद्यसँग १६ माघ बिहान भएको भेटमा महाथिरले भने, “अलिकति गति लियो भने नेपाल चाँडैनै विकासको बाटोमा अघि बढ्न सक्छ ।”

नेपालमा फागुनको दोस्रोसाता हुने आर्थिक सम्मेलनका लागि मुख्य वक्ताको रुपमा आमन्त्रण गर्न मलेसिया पुगेका वैद्यसँगको भेटमा महाथिरले उक्त कुरा बताएका हुन् ।

भेटमा अध्यक्ष वैद्यले नेपालमा संविधानसभाको निर्वाचन भएर संविधान बनाउने तयारी शुरु भएको जानकारी दिएका थिए ।

२२ वर्षसम्म मलेसियाका प्रधानमन्त्री रहेका महाथिरले आर्थिक र पूर्वाधार विकासमा गरेको योगदानलाई विश्वभर दृष्टान्तका रुपमा लिइन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>