थप समाचारशुक्रबार, माघ १७, २०७०
झापामा दुर्घटनामा एकको मृत्यु
झापाको धरमपुर–९ स्थित राजमार्गमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पाँचथर लालीखर्क–८ का दलबहादुर राईको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार १७ माघ बिहान ठक्कर दिँदा ५५ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको हो ।
मृतकको साथमा रहेको नागरिकताबाट उनको परिचय खुलेको तथा ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरी निरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए । मृतकको शव शवपरीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको छ ।
रासस
