थप समाचारशुक्रबार, माघ १७, २०७०
दुर्घटनामा व्यवसायीको मृत्यु
तम्घासमा मिष्ठान पसल चलाउँदै आएका अर्घाखाँची, भगवती–५ का शिवलाल मरासिनीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको १६ माघ राति जिल्ला अस्पताल तम्घासमा ल्याउँदे गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मोटरसाइकलमा घर जाने क्रममा उनी भगवती गाविसको तारुभतेरा भन्ने ठाउँमा दुर्घटनामा परेका थिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।
गगनशिला खड्का, गुल्मी
