थप समाचारशुक्रबार, माघ १७, २०७०

२९ वर्षे युवाको सम्पत्ति साढे २९ अर्ब डलर

हिमालखबर

फेसबुकका प्रयोगकर्ता बढेसँगै विज्ञापन पनि बढेपछि सन् २०१३ मा फेसबुकको नाफा बढेको छ । संसारको सबैभन्दा ठूलो सोशल नेटवर्किंग साइट फेसबुकका अनुसार पछिल्लो तीन महिनामा उसको नाफा आठ गुना बढेर ५२.३ करोड डलर भयो  भने वर्षको कुल नाफा १.५ अर्ब डलर पुग्यो  ।

फेसबुकको नाफा बढेपछि शेयरको भाउ पनि उकालो लागेको छ जस्ले गर्दा जुकरबर्गको हैसियत ३.१ अर्ब डलरबाट बढेर २९.७ अर्ब डलर पुगेको हो ।

सम्पत्तिको मूल्यांकन गर्ने ग्लोबल एजेन्सी ‘वेल्थ–एक्स’ का अनुसार जुकरबर्गको संपत्ति पछिल्लो तीन महिनाको नाफपछि ह्वात्तै बढेको छ ।

सम्पत्ति बढेर खुशी भएका फेसबुकका मुख्य कार्यकारी अधिकृत मार्क जुकरबर्गले चाँडै नै फेसबुक म्यासेन्जर र इन्स्टाग्राम जस्तै अरु एप्स पनि ल्याउने योजना रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>