समाचारशुक्रबार, माघ १७, २०७०

जेठसम्म स्थानीय निर्वाचन गराउने आयोगको तयारी

हिमालखबर

१७ माघमा अर्घाखाँचीको सन्धिखर्क आएका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गराउन आग्रह गर्नेमा आफू आशावादी भएको भन्दै आयोग त्यसका लागि तयार र सक्षम रहेको बताएका छन् ।

संविधान सभाको निर्वाचन सम्पन्न गरेपछि पहिलो पटक राजधानी बाहिर भ्रमणमा निस्केका उप्रेतीले पत्रकारहरुसँग कुरा गर्दै स्थानीय निकायको निर्वाचन नहुँदा देशका ४ हजार ७ सय २१ ठाउँ जनप्रतिनिधि विहिन भएको बताए ।

“स्थानिय निकायको निर्वाचन नहुँदा धेरै समस्याहरु आएका छन्” उनले भने, “आयोग चुनाव गराउन तयार छ ।” अहिलेको मुख्य आवश्यकता स्थानीय निकायको निर्वाचन भएको भन्दै उनले जेठ महिनामा निर्वाचन सम्पन्न गर्ने गरी आयोग तयारीमा लागेको जानकारी दिए ।

“स्थानीय निर्वाचन देशभर एकै पटक गर्नैपर्छ भन्ने हुँदैन” उनले भने, “तिन–चार चरणमा निर्वाचन सम्पन्न गर्छौं ।” उनले फोटो सहितको मतदाता नामवली अद्यावधिक गर्ने काम पनि माघ १५ गतेबाट शुरु गरिएको जानकारी दिए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>