थप समाचारशुक्रबार, माघ १७, २०७०

तराईमा प्यारालाइसिसका विरामी बढे

हिमालखबर

आफ्नो क्लिनिकमा विरामीको उपचार गर्दै डा उमेश प्रसाद

रौतहट टेंग्राहा–४ की ५८ वर्षीया किशुनपतिया देवी अहिले रौतहट शिवनगरको एउटा निजी क्लिनिकमा प्यारालाइसिसको उपचार गराइरहेकी छिन । अत्यधिक जाडोले उनको हात चल्न छोडेपछि उनलाई आफन्तले शिवनगर ल्याएका हुन् ।

किशुनपतियाजस्तै बारा, पटेर्वा–८ की ४५ वर्षीया चन्द्रावती देवीको शरीरको दाँया भाग चल्न छोेडेपछि उपचार भइरहेको छ ।

शिवनगरमा प्यारालाइसिसको उपचारका लागि बारा, रौतहट, सर्लाही र भारत सीतामढीका समेत गरी एक दर्जन रोगी भर्ना छन् । बेडको कमीले भूइँमा समेत राखेर रोगीको उपचार भइरहेको सर्लाहीको बगदह–१का विरामी राजेश यादवले बताए ।

“उच्च रक्तचाप हुनेलाई जाडोमा यस रोगले आक्रमण गर्ने खतरा बढी हुन्छ,” डा. उमेशप्रसाद बताउँछन् । दुधे बालकदेखि दश वर्षका बच्चामा अनुहारको प्यारालाइसिस (फेसियल प्यारालाइसिस) को समस्या देखिएको उनले जानकारी दिए । यसपटकको जाडोमा मात्र करिब ४० जना रोगीको उपचार उनको क्लिनिकमा भएको छ ।

अत्यधिक चिसोले नसामा रक्त प्रवाह नहुँदा प्यारालाइसिस हुने चिकित्सकहरुको भनाइ छ । जिल्ला अस्पताल गौरका मेडिकल अधिकृत डा. कौशर आलम अस्पतालमा न्यूरो फिजिसियन नहुँदा प्यारालाइसिसका बिरामीलाई प्राथमिक उपचार गरी सुविधासम्पन्न अस्पतालमा पठाउने गरेको बताए ।
समयमा उपचार नहुँदा अंगभंग हुने र विरामीको मृत्युसमेत हुने डा. आलमको भनाइ छ ।
सञ्जय साह, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>