समाचारशुक्रबार, माघ १७, २०७०
दाहाल नै संसदीय दलका नेता
दाहाल निवास लाजिम्पाटमा १७ माघमा बसेको पूर्व पोलिटब्यूरो सदस्यको बैठकले दाहाललाई नै दलको नेता बनाउने निर्णय गरेको हो । संविधान निर्माणमा विशेष ध्यान पुर्याउनका लागि शीर्ष नेतृत्व नै क्रियाशिल हुनुपर्ने ठहरसहित दाहाललाई नै नेता बनाउने निर्णय गरेको हरिबोल गजुरेलले जानकारी दिए ।
उनले संविधानसभा निर्वाचनमा जनतासामु गरेको प्रतिवद्धता अनुरुप दाहाललाई नेता बनाउँदा जायज हुने निष्कर्षमा पुगेको बताए । पूर्व पोलिटब्यूरोको निर्णय भने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्नेछ ।
दलको नेता टुंगो लगाएको एमाओवादीले उपनेता, प्रमुख सचेतक र सचेतकलगायत नेताहरुको कार्य विभाजनमा सहमति जुटाउन सकेको छैन ।
सम्मेलन होइन महाधिवेशनः भट्टराई
राष्ट्रिय सम्मेलन गर्ने छलफल तीब्र पारिएको बेला एमाओवादी नेता बाबुराम भट्टराईले भने महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्व पोलिटब्यूरो बैठकमा उनले राष्ट्रिय सम्मेलनले समस्याको समाधान नगर्ने भन्दै विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
एनले असोज–कात्तिकतिर भए पनि महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् । भट्टराईले हेटौंडा महाधिवेशनको कार्यदिशा र सिंगो माओवादी आन्दोलनका विषयमा समिक्षा र बहस गर्नुपर्ने आवश्यकता भन्दै महाधिवेशनमा जोड दिएका बुझिएको छ ।
