समाचारमंगलबार, साउन २३, २०६९
पत्र लेखेको प्रमाणित भए एमाओवादीलाई ‘देशद्रोही’ सरहको कारवाही:खनाल
खनाल निवास डल्लुमा रिर्पोटस्र क्लबले २३ साउनमा गरेको कार्यक्रममा बोल्दै खनालले सचार माध्यममा आएको जस्तो भारतलाई पत्र लेखेकेा प्रमाणित भएमा एमाओवादी र पत्र लेख्ने नेताहरुलाई ‘देशद्रोही’लाई जस्तै कारवाही गर्नुपर्ने बताएका हुन् । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले लडाइताका एमाओवादीले भारतलाई पत्र लेखेको खुलासा गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन ।
अर्को प्रसंगमा अध्यक्ष खनालले आफ्नो पार्टीले पनि आधा घण्टामा प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न सक्ने बताए । यद्यपि आफूहरुको प्राथमिकता भने कांग्रेस नेतृत्वकै सरकार भएको उनको भनाई थियो । अब बन्ने सहमतीय सरकारमा एमाओवादी पनि आउनु पर्ने उनले उल्लेख गरे । प्रधानमन्त्री भट्टराईलाई आन्दोलनबाटै विस्थापित गर्ने खनालको दाबी थियो ।
