रमझमशनिबार, माघ १८, २०७०
बहुमुखी प्रतिभा–प्रविण पन्धाक
ताप्लेजुङ साब्लाखुकी प्रवीण पान्धाकले ६ वर्षदेखि नेप्सेमा अधिकृतको जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी छन् । वाणिज्यशास्त्रमा स्नातकोत्तर र एलएलएम गरिरहेकी उनी बगर, शस्त्र, लाटो पहाड लगायतका नेपाली र लिम्बू चलचित्रकी नायिका पनि हुन् । उनले अधिवक्ताको लाइसेन्स लिएर वकालत गरेको पनि ६ वर्षै भयो।
वचन, मर्दीको किनारमा, कथाकुसुम, किसुनजी लगायत आधा दर्जन टेलिफिल्म र त्यत्ति नै संख्याका म्युजिक भिडियोमा खेलेकी प्रवीण आफ्नो लागि सर्वाधिक रुचिको क्षेत्र चाहिं अभिनय नै भएको बताउँछिन्।
एक दशकअघि प्रताप सुब्बाबाट अभिनयको ज्ञान लिएकी उनी चलचित्र क्षेत्रलाई कतिपयले अमर्यादित बनाए पनि यसमा राम्रा कलाकर्मीको कमी नभएको बताउँछिन्। प्रवीण भन्छिन्, “कुनै क्षेत्र आफैंमा नराम्रो हुँदैन, त्यसमा काम गर्नेहरूले राम्रो/नराम्रो बनाउने हो।”
ऋषिराम कट्टेल
