समाचारशनिबार, माघ १८, २०७०

उपाध्यायको निधनले बालसखाहरु शोकमा

हिमालखबर

आफ्नो घर जलेश्वर–४ मा भए पनि जलेश्वर–५ स्थित मावली घरमा उपाध्यायसहित उनका चार दाजुभाइ र तीन दिदीबहिनी यहीँ जन्मी हुर्केका हुन् ।

बालपनमा साथीसँग खेल्न खुबै रुचाउने उपाध्याय खेलमै हुने झेल (फट्याइँ, झुक्याउने) को डटेरै प्रतिवाद गर्ने बानी भएका उनका साथी जलेश्वर–५ का ८७ वर्षीय दुर्गाबहादुर सिंहले बताए ।

“पछि पनि विश्वनाथ हामीसँगै खेल्नका लागि मामाघरमा आउँथे जलेश्वर–५ का उपाध्यायका समवयी ८१ वर्षीय हरि साह विगत सम्झँदै भन्छन् ।

जलेश्वर गोश्वारा अड्डामा सुब्बा पदबाट अवकाश लिएपछि कानून व्यवसाय अँगालेका बुबा भगिरथ उपाध्याय र आमा जनक नन्दिनी उपाध्यायका सात सन्तानमध्येका दोस्रा उपाध्याय हक्की स्वभावका र साँचो कुरामा अडिग रहने जलेश्वरवासीको बुझाइ छ ।

जलेश्वरमा प्राथमिक शिक्षापछि जिल्लाकै सीमावर्ती भारतीय सुरसण्ड नगरमा माध्यामिक तहको अध्ययन गरुन्जेलसम्म उपाध्याय यहीं रहेको र त्यसपछि भने उच्च शिक्षाका लागि बनारस गएपछि सम्पर्क पातलिएको उनका बालसखाहरुले बताए ।

मस्तिष्क घात भएका उपाध्यायको १६ माघ राति काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>