समाचारशनिबार, माघ १८, २०७०

स्वामित्व होइन आशय ग्रहण गर्नुपर्छ: अधिकारी

हिमालखबर

नेकपा एमाले कास्कीले १८ माघमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले सभासद रविन्द्र अधिकारीले अहिलेको संविधानसभा अघिल्लो संविधानसभाको निरन्तरता नभएको भन्दै थपे, “यो संविधानसभा भाग–२ होइन, अघिल्लो संविधानसभाले गरेका सबै कामको स्वामित्व लिने होइन, त्यसको स्पिरिटलाई ग्रहण गर्नपर्दछ ।”

अघिल्लो संविधानसभामा भएका सहमतिहरु अक्षरसः नभई त्यसको आशयमात्रै ग्रहणका लागि सबै दल सकारात्मक रहेको अधिकारीले बताए ।

“संसदीय प्रक्रियादेखि साना तिना कुरामा पनि नेताहरुले लिङ्गगरिङ गर्न खोजेका छन्,”उनले भने, “केही दलका शिर्ष नेताहरुले होटल र रेष्टुरेण्टमा गरेको निर्णय अहिलेको संविधान सभालाई मान्य हुने छैन ।”

अधिकारीले प्रत्येक दुई महिनामा पत्रकार भेटघाट गरी संविधान सभा र विकास निर्माणको लागि भएका कामको जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>