थप समाचारआइतबार, माघ १९, २०७०
ठोरीमा भारतीय सुरक्षाकर्मीको अवरोध
भन्सार क्षेत्रमा निर्माण भइरहेको माइती नेपालको बिटमा हतियार सहित आएका एसएसबीले अवरोध पुर्याएका हुन् । १८ माघमा हतियार सहित आएका एसएसबीले अवरोध गरे पछि ठोरीका स्थानीयबासिन्दाले प्रतिकार गरेका थिए ।
स्थानीयले प्रतिकार गरे पछि सीमा क्षेत्र तनाबग्रस्त बनेको थियो । माइती नेपालको बिट निर्माण भइरहेको स्थल भारतीय भूमिमा पर्ने भन्दै एसएसबीले अवरोध गरेका थिए ।
एसएसबीको अवरोध पछि पर्साका प्रहरी प्रमुख धिरजप्रताप सिंहले निर्माण भइरहेको बिट तत्कालका लागि रोक्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार त्यस बारेमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावाससँग छलफल भइरहेको छ ।
ठोरी नाकाबाट नेपाली चेलीबेटीको बेचखिन बढी हुने भेटिएकाले त्यहाँ बिट स्थापना गर्न लागिएको माइती नेपालले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
