समाचारआइतबार, माघ १९, २०७०

गौतमको समर्थन ओलीलाई

हिमालखबर

२१ माघमा हुने नेकपा एमाले संसदीय दलको नेताका लागि हुने निर्वाचनमा एमाले उपाध्यक्ष बामदेव गौतमले अर्का नेता केपी ओलीलाई सघाउने भएका छन् । १९ माघ दिउँसो संविधानसभा परिशरमा ओलीसँगै पुगेका गौतमले आफू ओलीको पक्षमा खुलेको बताए । संसदीय दलको नेतामा एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पहिले खनाल पक्षमा रहेका गौतमको यो कित्ता परिवर्तनलाई एमालेको आन्तरिक राजनीतिमा उल्लेखनीय घटना मानिएको छ । यो घटनाले संसदीय दलको नेताको निर्वाचनमा ओलीलाई बलियो उमेद्वार बनाएको देखाएको छ ।

यो घटनाको प्रभाव ९ बैशाखमा काठमाडौंमा हुने एमालेको नवौं महाधिवेशनमा पनि पर्न सक्ने बताइन्छ । ओली पार्टी अध्यक्षको पनि आकांक्षी हुन् । अध्यक्षमा खनाल पक्षबाट वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिस्पर्धा गर्ने चर्चा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>