समाचारआइतबार, माघ १९, २०७०
सहमतीयको सम्भावना टर्यो, अब बहुमतको सरकार
दलहरुले सहमतीय सरकार गठन गर्न नसक्ने भएपछि सम्भवतः २० माघमा राष्ट्रपतिले संविधानको धारा ३८ (२) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन गर्न आह्वान गर्नेछन् ।
नेपाली कांग्रेसको आह्वानामा संविधानसभा भवन नयाँ बानेश्वरमा १९ माघ दिउँसो बसेको सर्वदलीय बैठकमा सहमतिको सरकार गठन गर्ने विषयमा दलहरुवीच एक मत बन्न नसकेपछि राष्ट्रपतिलाई बहुमतको आधारमा सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गर्ने सहमति भएको छ ।
प्रमुख दलका नेताहरुले आजै राष्ट्रपति रामवरण यादवसँग बहुमत प्राप्त दलका नेताको नेतृत्वमा सरकार गठनका लागि आह्वान गर्न आग्रह गर्ने भएका छन् ।
राष्ट्रपति यादवले १२ माघमा अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सहमतीय सरकार गठन गर्न दलहरुलाई १९ माघसम्मको म्याद दिएका थिए ।
