थप समाचारआइतबार, माघ १९, २०७०

स्वयंसेविकालाई निशुल्क सिमकार्ड

हिमालखबर

टेलिकम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच स्वास्थ्य स्वयंसेविकालाई सिमकार्ड तथा रिमकार्ड निशुल्क दिने सम्झौता भएको छ । टेलिकम र मन्त्रालयबीच १९ माघमा स्वयंसेविकालाई २० हजार थान सिमकार्ड तथा रिमकार्ड निशुल्क वितरण गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक अनुपरजन भट्टराई र मन्त्रालयका प्रमुख विशेषज्ञ डा. तीर्थराज बुर्लाकोटीले हस्ताक्षर गरे । देशका ३७ जिल्लामा कार्यरत २० हजार स्वास्थ्य स्वयंसेविकालाई मन्त्रालयमार्फत् निशुल्क सिमकार्ड तथा रिमकार्ड प्रदान गरिने टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन् ।

टेलिकमले प्रदान गर्ने सिमकार्डमा सय रुपैंयाको टक भ्यालु हुनेछ । टेलिकमको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंसेविकालाई सिमकार्ड प्रदान गर्न लागेको प्रधानले बताइन् ।

स्वास्थ्य स्वयंसेविकालाई सिमकार्ड निशुल्क वितरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे पछि टेलिकमका प्रबन्ध निर्देशक अनुपरजन भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. तीर्थराज बुर्लाकोटी । तस्वीर सौजन्यः नेपाल टेलिकम ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>