समाचारआइतबार, माघ १९, २०७०
सरकारमा सम्मानजनक स्थान चाहिन्छ: खनाल
१९ माघमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै एमाले अध्यक्ष झलनाथ खनालले भने, “यसमा छलफल भइरहेको छ, एमालेले सम्मानजनक स्थान खोजिरहेको छ ।”
एनले आफ्नो पार्टीभित्र संसदीय दलको नेता चयनमा विवाद नरहेको र सहमतिका आधारमा नेता चयन हुने दाबी समेत गरे ।
व्यवस्थापिका—संसद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष खनालले सहमतिका लागि आफूहरू प्रयासरत रहेको जनाए ।
एमालेमा संसदीय दलको नेता चयनका लागि २१ माघमा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।
