थप समाचारआइतबार, माघ १९, २०७०
लमजुङको रमाइलो (सात तस्वीर)
युवराज श्रेष्ठ, लमजुङ
लमजुङको आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउने उदेश्यले आयोजित ‘लमजुङ महोत्सव’ १९ माघमा समापन भएको छ । दश दिनसम्म चलेको महोत्सवमा विविध साँस्कृतिक तथा हाँस्य व्यङ्ग्य प्रदर्शनसँगै खाना महोत्सव, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीवुटी प्रदर्शनी, विभिन्न लोकसंस्कृति, नाटक, नृत्य प्रदर्शनी तथा प्रतियोगिता, परम्परागत खाना महोत्सव, जातीय एवं सांस्कृतिक संग्रहालय, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी, बाल उद्यान, विज्ञान, पुष्प, पुस्तक, फोटो तथा वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।

महोत्सवमा मुख्य आर्कषणको रुपमा रेसलिङ, प्याराग्लाइडिङ, मर्स्याङ्दी नदीमा र्याफि्टङ, मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटर बोटिङ र गृहिणी नृत्य प्रतियोगिता रहेको थियो । रेसलिङमा हिमालयन टाइगर नामले परिचित लमजुड तार्कुघाटका भरतबहादुर विसुवलको नेतृत्वमा अन्र्तराष्ट्रिय ख्याति प्राप्त रेस्लरहरुको सहभागिता थियो ।

महोत्सवको अवसरमा लमजुङको आर्थिक संभावना बोकेको जलविद्युत, पर्यटन, कृषि, जडिबुटी र उद्योगका विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी आयोजना भए । महोत्सवको अवसरमा लमजुङका पर्यटकीय गाउँहरुमा प्याकेज टुरको व्यवस्था मिलाईएको थियो ।


