समाचारसोमबार, माघ २०, २०७०

शिक्षा परिषदका सहसचिव रंगेहात पक्राउ

हिमालखबर

सानोठिमी, भक्तपुरका सम्बन्धन महाशाखा प्रमुख सहसचिव देवीप्रसाद बाराकोटीलाई धनुषाको विद्यालयलाई उमाविको सम्बन्धन दिनका लागि घूस लिंदैगर्दा  अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पक्राउ पगरेको छ ।

धनुषा जिल्ला अन्तर्गत ढिल्लाबसेलास्थित सरस्वती माध्यमिक विद्यालयको स्तरवृद्धि गरी ११ र १२ कक्षा सञ्चालनका लागि सम्बन्धन दिनेक्रममा १९ माघमा ४० हजार रुपैयाँ लिंदालिंदै बाराकोटी पक्राउ परेका हुन् ।

बाराकोटीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>