थप समाचारसोमबार, माघ २०, २०७०
गोली हानी होटल मालिकको हत्या
तीन जनाको समूहमा १९ माघ राति होटलमा आएका नकाबधारीले लुटपाट गर्ने क्रममा सञ्चालक शेर्पामाथी गोली प्रहार गरेको सामुदायिक प्रहरी सेवा केन्द्र चौरीखर्कका अध्यक्ष नाम्गेल शेर्पाले बताएका छन् ।
घटनाका बारेमा जानकारी प्राप्त हुनसाथ चौरीखर्कको लुक्ला र नाम्चेबाट खटिएको प्रहरीले हत्याराको खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक बद्रिबिक्रम थालपाले जानकारी दिए ।
उपरिक्षक थापाले भने ‘घटनाबारेमा थप जानकारी प्राप्त हुन बाँकी छ ।’ अपराधीहरु भाग्न सक्ने सम्भावित ठाउँमा प्रहरी परिचालन गरी नाकाबन्दी गरिएको पनि उनले जानकारी दिए ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
