थप समाचारसोमबार, माघ २०, २०७०
दुर्घटनामा एक जनाको मृत्यु
दाङको भालुबाङबाट लमही आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरसँग ठोक्किदाँ एक जनाको मृत्यु भएको हो । लालमिटया–४ मौरीघाटमा रोकिराखेको ट्रयाक्टरमा १९ माघ राति मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चैलाही–२ लामहीका ३४ वर्षीय सुमनकुमार केसीको मृत्यु भएको छ । घाइते मनोज न्यौपानेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
मृतक केसी दाङका नेता तथा व्यवसायी समेत हुन् ।
देविका घर्ती मगर, दाङ
