समाचारसोमबार, माघ २०, २०७०
मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत चोहर्वादेखि सदरमुकाम सिरहा जाने सडकखण्डको नहरा–१ मा मोटरसाइकल ठोक्किदाँ दुई जनाको मृत्यु भएको हो । १९ माघ राति भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा देविपुर–२ का सञ्जन मण्डल र रामनगर मिर्चैया–३ का सुरेशप्रसाद साह छन् । चोहर्वाबाट घर आउँदै गरेको स ४ प ५८४० र सदरमुकाम सिरहाबाट घर जाँदै गरेको स २ प ७८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।
दुर्घटना पछि गम्भीर घाइते दुवै जनाको लहान अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
