समाचारसोमबार, माघ २०, २०७०
बहुमतको सरकार बनाउन राष्ट्रपतिको पत्र (विज्ञप्तिसहित)
राजनीतिक दलहरुको सहमतिमा सरकार गठनका लागि दिएको समय सीमा १९ माघमा सकिएपछि राष्ट्रपति रामवरण यादवले २० माघमा बहुमतको सरकार गठनका लागि व्यवस्थापिका संसदलाई पत्र लेखेका छन् ।
अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि १२ माघमा राष्ट्रपतिले राजनीतिक दलहरुलाई आह्वान गरेका थिए । तर, यसबीच दलहरुले पटकपटक बैठक गरे पनि सहमतिको वातावरण नबनेपछि दलहरुकै आग्रहमा राष्ट्रपतिले संविधानको धारा ३८ (२) अनुसार व्यवस्थापिका संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री चयन गर्न र निजको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न संसदलाई सन्देश पठाएका हुन् ।
सहमतिको सम्भावना नभएपछि दलहरुका तर्फबाट बहुमतीय प्रक्रियाको थालनी गर्न नेपाली कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवलाई १९ माघमा आग्रह गरेका थिए ।
बहुमतीय सरकार गठनका लागि भने समय सीमा तोकिएको छैन ।
राष्ट्रपतिकार्यालयको विज्ञप्ति :

