समाचारसोमबार, माघ २०, २०७०

एक सातामा सरकार गठनः रिजाल

हिमालखबर

कांग्रेस नेता रिजालले सकेसम्म धेरै दललाई समेटेर कांग्रेसले सहमतीय सरकार गठन गर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लबले राजधानीमा २० माघमा गरेको कार्यक्रममा उनले भने, “कांग्रेसको नेतृत्वमा २८ माघभित्र अधिकतम सहमतिको सरकार बन्छ ।”

उनले सरकार गठनका लागि एमालेसहित सबै दललाई चित्त बुझाएर अघि बढ्ने बताए । उनले अन्तरिम संविधानले सहमतिको सरकारमा जोड दिएकाले त्यस्को स्पिरिटलाई छाड्नु नहुने बताए ।

कार्यक्रममा एमाले नेता भीम आचार्यले कांग्रेसले प्रधानमन्त्री लिए एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गरे । उनले भने, “सबै पद कांग्रेसले लिएर सहमति हुन सक्दैन, तर ठूलो दल भएकाले के लिने भनेर कांग्रेसले नै पहिले रोज्नुपर्छ ।”

उनले ६ वर्ष बिताइसकेका राष्ट्रपतिलाई फेरि निरन्तरता दिइए त्यो लोकतन्त्रलाई सुहाउँदो नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>