थप समाचारसोमबार, माघ २०, २०७०
ग्यास उद्योगीको नेता पक्राउ
अवैध हतियार राखेको अभियोगमा प्रहरीले उद्योग संघका अध्यक्ष घिमिरेलाई पक्राउ गरेको हो । उद्योग संघ ग्यास उद्योगीहरुको साझा संगठन हो ।
उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० माघ साँझ पक्राउ गरेको हो । उनी राजधानीबाटै पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले घरमा छापा मार्ने क्रममा १३ राउण्ड गोली भेटिए पछि घिमिरेलाई प्रहरीले खोजिरहेको थियो । घिमिरेका छोरा रिभल्वरसहित ८ माघमा पक्राउ परे पछि उनी भने फरार थिए ।
