समाचारमंगलबार, माघ २१, २०७०

प्रधानमन्त्रीको निर्वाचन २७ माघमा

हिमालखबर

कार्यव्यवस्था परामर्श समितिले बहुमतीय प्रक्रियाद्वारा प्रधानमन्त्री चयनका लागि मिति तय गरेको हो । समिति २७ माघ सोमबार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि निर्वाचन गर्ने टुंगोमा पुगेको समिति सदस्य एवम् नेकपा मालेका सभासद अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक २१ माघ दिउँसो संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको थियो । समितिको सुझाव २२ माघमा बस्ने व्यवस्थापिका संसद बैठकमा पेश हुने नेम्बाङले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति रामबरण यादवले बहुमतीय सरकार गठनका लागि संसदलाई पठाएको पत्र २२ माघमा बस्ने बैठकमा पेश हुनेछ । सहमतीय सरकार गठनका लागि दिएको समयसीमा १९ माघभित्र दलहरुले सहमति गर्न नसके पछि राष्ट्रपति यादवले २० माघमा बहुमतको सरकार गठनका गर्न भन्दै व्यवस्थापिका संसदलाई पत्र लेखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>