समाचारमंगलबार, माघ २१, २०७०
एमाले संसदीय दलको नेतामा केपी ओली विजयी
२१ माघमा एमाले संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा २३ मतले अध्यक्ष झलनाथ खनाललाई पछार्दै केपी ओली विजयी भएका छन् ।
कुल १७३ मतमध्ये ओलीले ९८ र खनालले ७५ मत प्राप्त गरेका छन् ।
केही हप्तादेखि सहमतिमै संसदीय दलको नेता चयनका लागि गरिएको प्रयास असफल भएपछि अन्ततः निर्वाचन गरिएको हो ।
सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा अध्यक्ष खनालका पक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल थिए भने ओलीलाई उपाध्यक्ष वामदेव गौतमले सघाएका थिए ।
संविधानसभामा १७५ स्थानमा जित हासिल गरेको एमालेमा नेपाल र गौतमले दुईदुई ठाउँमा जितेका कारण १७३ कूल मतदाता छन् ।
