थप समाचारबुधबार, माघ २२, २०७०
गार्मेन्टमा आगोलाग्दा एक करोडको क्षति
काठमाडौं भीमसेनगोलास्थित कृष्ण श्रेष्ठको घरमा रहेको डिल्ली रिजालको गार्मेन्ट फ्याक्ट्रीमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । विहान ८:३० बजे लागेको आगो १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
कर्मचारीहरु काम गरिरहेका बेला अचानक विद्युत सर्ट भएको थियो । उक्त फ्याक्ट्रीबाट उत्पादन हुने लुगाहरु अमेरिका लगायतका देशमा निकासी हुने गरेका छन् ।
