समाचारबुधबार, माघ २२, २०७०

संविधानसभा बैठकः ‘बिजनेश’ छैन

हिमालखबर

२२ माघमा बसेको संविधानसभा बैठकमा संविधानसभा सदस्य चार स्थानमा रिक्त रहेको बैठकको अध्यक्षता गरिरहेका सूर्यबहादुर थापाले जानकारी गराएपछि २९ माघमा बिहान ११ बजे बस्ने गरी सकिएको छ ।

एकातिर एकवर्षभित्रै संविधान निर्माण गर्ने भन्दै नेताहरुले प्रतिवद्धता गरिरहेका छन् भने अर्कोतिर संविधानसभा बैठक कुनै काम नपाएर केही मिनेटमै टुंगिने गरेको छ । २२ माघको बैठक दुई मिनेटमै सकिएपछि कतिपय सभासदहरु संविधानसभा बैठक कक्षभित्र प्रवेश गर्दै थिए भने संविधानसभामा ‘बिजनेश’ नहुँदा अधिकांश सभासदहरु अनुपस्थित थिए । यसअघि दोस्रो वैठक पनि दुई मिनेटमै सकिएको थियो भने पहिलो दिनको वैठक १० मिनेटसम्म चलेको थियो ।

अध्यक्ष सूर्यबहादुर थापाले सभासद्हरु सुशील कोइरालाले चितवन निर्वाचन क्षेत्र नं ४ बाट, शेरबहादुर देउवाले कैलाली क्षेत्र नं ६ बाट, माधवकुमार नेपालले काठमाडौँ क्षेत्र नं २ बाट र बामदेव गौतमले बर्दिया क्षेत्र नं १ बाट सभासद् पद छाडेको बैठकलाई जानकारी गराए ।

सभासद् कोइराला बाँके क्षेत्र नं ३, देउवा डडेलधुरा क्षेत्र नं १, नेपाल रौतहट क्षेत्र नं १ र गौतम प्यूठान क्षेत्र नं १ बाट पनि विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>