समाचारबुधबार, माघ २२, २०७०

नियमित उपस्थित हुन कांग्रेस सभासदलाई निर्देशन

हिमालखबर

संसदीय दलको पहिलो बैठकमा कांग्रेसले सभासदलाई संसदमा नियमित रुपमा उपस्थित हुन निर्देशन दिएको हो । संविधानसभा परिसर नयाँ बानेश्वरमा २२ माघमा बसेको दलको बैठकमा सभापति एवम् संसदीय दलका नेता सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले नियमित उपस्थित हुन निर्देशन दिएका हुन् ।

नेताहरुले संविधानसभा र संसदमा दलको एजेन्डा सशक्त रुपमा उठाउन सभासदलाई निर्देशन दिएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । बडुले भने, “नेताहरुले मतदानको समयमा अनिवार्य रुपमा उपस्थित हुन सभासदलाई निर्देशन दिएका छन् ।”

दलको बैठकमा २१ मघमा बसेको कांग्रेस केन्द्रीय समितिको निर्णयबारे जानकारी गराइएको थियो । संविधानसभा निर्वाचन पछि कांग्रेस संसदीय दलको पहिलो औपचारिक बैठक बसेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>