समाचारबुधबार, माघ २२, २०७०
संसद बैठकः केही अध्यादेश पारित
२२ माघमा बसेको व्यवस्थापिका संसदको बैठकले आगामी २७ माघमा प्रधानमन्त्रीको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी संविधानसभा सदस्य निर्वाचन अध्यादेश, संविधानसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, निर्वाचनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, संविधानसभा सदस्य निर्वाचन दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण दोस्रो संशोधन अध्यादेश, कसुरजन्य सम्पत्ती तथा साधन अध्यादेशसमेत पनि पारित गरेको छ।
व्यवस्थापिका संसदको अर्को बैठक माघ २५ गते बस्नेछ।
नयाँ सरकार गठन भइनसकेको, संविधानसभा अध्यक्ष उपाध्यक्ष चयन नभएको र राजनीतिक दलहरु आफ्नै आन्तरिक विवाद व्यवस्थापनमा रुमल्लिएको अवस्थामा संविधानसभा र व्यवस्थापिका बैठक ‘बिजनेश’ बिहिन हुन पुगेका छन् ।
