समाचारबुधबार, माघ २२, २०७०

एमाले सरकारको नेतृत्व लिन तयार छः ओली

हिमालखबर

एक दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका ओलीले नेपाली कांग्रेसले आग्रह गरेमा सरकारको नेतृत् वगर्न आफू तयार रहेको बताएका छन् ।

“काँग्रेसको सरकारमा हामी सहभागी हुन्छाै‌, तर सरकारमा सहभागिताका लागि उपयुक्त प्रस्ताव ल्याउनुपर्छ,” प्रेस चौतारी नेपालको १६ औँ वार्षिकोत्सवमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “यदि कांग्रेसले आग्रह गरेमा हामी नेतृत्व लिन पछि पनि पर्दैनौं ।”

उनले राजनीतिक, संवैधानिक, नैतिक हिसावले पनि नयाँ संविधानसभा गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्र्ने जिकिर गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>