समाचारबिहीबार, माघ २३, २०७०

पाल्पा बस दुर्घटनाः १३ को सनाखत (अपडेट)

हिमालखबर

पोखरा बाट भैरहवाको लागी छुटेको लु १ ख ४९२४ नम्बरको बस पाल्पाको चिदिपानी २ भालुखोलामा बिहान सवा २ बजे दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सनाखत भएका मृतकहरुमा गाडी धनी भिमगिठे बुर्तिबाङ्ग बाग्लुङ्गका २८ वर्षीय मोहन केसी, चालक पाल्पा मुझुङ्गका ३३ बर्षीय रोमनसि सारु, गुल्मी सिमिचौर–६ का डिङ्गबहादुर बस्नेत, भरतपोखरी–१ कास्कीका बुद्धिबहादुर बिक, मोरभाङ्ग– ९ रुकुमका ३८ वर्षिय राजबहादुर गुरुङ्ग, पर्वत ठुलीपोखरीका बाबुराम आचार्य, पर्वतकै फौलालाकुरीका ठाकुर सुनार, गुल्मी मेहलपोखरीका गिरिराज भट्टराई, मोरङ्ग बिराटनगरका ४९ बर्षीय गोपाल ढकाल, बर्दिया मगरागढी–९ का २१ बर्षका बिराटसिं ठकुरी र मगरागढीकै राम वली,  नरपानी–८ अर्घाखाँचीका पदम झाँक्री र दाङ्का ३१ वर्षीय टेकराज पौडेल रहेका छन् ।

मृतकमध्ये ५ जनाको शव आफन्तले बुझेर लगेका छन् भने अन्य आफन्तहरु आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

मृतक मध्ये १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

घाईतेहरुको पाल्पा स्थित युनाईटेड मिशन अस्पताल तानसेन र लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक शिबकुमार श्रेष्ठले जानकारी दिए ।

घाईते मध्ये स्याङ्गजा चिन्नेबास ८ का ३७ वर्षीय डोल बहादुर राना, बर्दीया मगरागढी–९ का ३९ बर्षीया कमलासिं ठकुरी, पुतलीबजार–२ का १९ वर्षीय दिपक कुवँर र रुकुम मरवाङ्ग–८ का ४३ वर्षीय नर बहादुर बुढामगरको युनाईटेड मिसनअस्पताल तानसेनमा र अरु घाईतेको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । प्रभासमा उपचार हुनेहरुमा राममन्दिर बुटवलका २४ बर्षीय प्रदीप केशरी, पोखरा न्युरोडकी बर्ष २८ की चन्दा वली र बाग्लुङ्ग भकुण्डेका २२ बर्षीय सूर्य खत्री रहेका छन् ।

दुर्घट्नाग्रस्त बस ।

सिद्धार्थ राजमार्गको आर्यभञ्याङ्ग देखि झण्डै ३ किलोमिटर पर भालुखोलाभन्ने स्थानबाट बस झण्डै ३ सय मिटर तल खसेको छ ।

दुर्घटनापछि घाईते भएर बाटोमै चिच्याईरहेकी पोखरा न्युरोडकी चन्दा वलीलाई भारतीय नम्बरको ट्रकले उद्धार गरेर स्थानीयलाई खबर गरेको थियो । त्यसपछि राम्दीघाटमा मलामी गएका स्थानिय आर्यभञ्याङ्गबासीहरुले घाईतेहरुको उद्धार गरेका थिए ।

उनीहरुकै खबरपछि जिल्ला प्रहरी कार्यालय पाल्पा, राम्दी प्रहरी चौकी, तानसेन स्थित नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले बिहान ९ बजेसम्म घाईतेको खोजी र मृतकको शव घटनास्थल बाट सडकमा ल्याएका थिए ।

सडक बाट बस खसेकोस्थानमा पुग्न भीर बाटो भएको र डोरीको सहायताले २५ मिनेट तल जानुपर्ने भएकाले पनि घाइतेको उद्धार गर्न कठिन भएको थियो । उद्धारकर्मीहरुले मोबाइल र हातेलाईटको सहयोगमा घाईतेको उद्धार गरेका थिए ।
मृतको शब लाई अहिले जिल्ला अस्पताल तानसेनमा ल्याईएको छ । गत बर्ष २२ फागुनमा पनि अहिलेको घटनास्थल नजिकै जन्ती बस दुर्घटनामा १७ जनाको ज्यान गएको थियो ।
देब पचभैया, पाल्पा
————————————————————————————-

पाल्पा बस दुर्घट्नाः १४ को मृत्यु, ८ घाइते

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानीमा २३ माघ विहान बस दुर्घटन हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


हिमालखबर
बिहीबार , २३ माघ २०७० १०:५७ एम

पाल्पा चिदीपानीको भालुखोला नजिकै भएको रात्रि बस दुघर्टनामा १४ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

पोखराबाट भैरहवाकालागि छुटेको लु १ ख ४९२४ नम्बरको रात्रि बस दुर्घट्ना भएको हो । घाइतेहरुलाई तानसेनको मिसन अस्पताल र प्रभासको लुम्विनी मेडिकल कलेजमा पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुघर्टनाग्रस्त बस सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ ।
————————————————————————————–

पाल्पामा बस दुर्घटना, १३ जनाको मृत्यु

पाल्पाको चिदीपानीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ ।


हिमालखबर
बिहीबार , २३ माघ २०७० ६:२८ एम

पाल्पाको चिदीपानीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको हो । गम्भीर घाइते ८ जनाको उद्दार हुदैछ । पोखराबाट वुटवल जादै गरेको बस चिदीपानीमा २३ माघ बिहान दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>