थप समाचारबिहीबार, माघ २३, २०७०

पूर्व युवराज्ञीद्वारा महायज्ञको उद्घाटन (तस्वीरसहित)

हिमालखबर

विश्व शान्तिको कामना गर्दै बाराको गञ्जभवानीपुरमा २३ माघदेखि शुरु ९ दिने लक्ष्मीनारायण महायज्ञको पूर्व यवराज्ञी हिमानी शाहले एक समारोहका बिच उद्घाटन गरेकी छन् ।

यसअघि पूर्वयुवराज्ञी शाहले बाराकै बरियारपुरस्थित गढीमाई मन्दिरमा पुजाअर्चन गरेकी थिइन् । यज्ञका मुख्यकर्ता नेपाल साधु संघ बाराका अध्यक्ष महेन्द्र दास हुन् ।

महायज्ञ भन्दा ५ सय मिटर टाढाबाट हिंडेरै यज्ञ स्थलसम्म पुगेकी हिमानीको सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वम्सेवकहरु खटिएका थिए ।

पूर्व युवराज्ञी हिमानीलाई हेर्न हजारौंको संख्यामा स्थानीयको घुइँचो थियो ।

महयज्ञ अवधिभर गञ्जभवानीपुर क्षेत्रमा माछा, मासु र मदिरा सेवन तथा बिक्रीबितरण रोक लगाइएको यज्ञ आयोजक समितिले जनाएको छ ।
शब्द/तस्वीर: श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>