समाचारबिहीबार, माघ २३, २०७०

शिकार खेल्न गएका युवकको गोली लागि मृत्यु

हिमालखबर

तेह्रथुम जिल्लाको आङ्गदिम–७ घर भएका २२ वर्षीय दलबहादुर गुरुङ्ग मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक गुरुङ्ग वुधवार साँझ बेलुकी शिकार खेल्न नसीवोटे जंगल गएका थिए ।

शिकारलाई बन्दुक प्रहार गर्दा नपडकेपछि आफूतिर फर्काएर बन्दुक जाँच गर्दा अचानक पड्केर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार घटनाको प्रकृति र मृतकको औंला, चिउडो र अनुहारमा छर्रा लागेको लागेको हुँदा बन्दुकको नाल आफूतर्फ फर्काएर हेरेको बेला बन्दुक पड्किएर मृत्यु भएको हो ।

यसक्षेत्रमा  लुकिछिपी कालिजको शिकार गर्ने चलन छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>