थप समाचारशुक्रबार, माघ २४, २०७०
पर्सामा २३ वटा विद्यालय गाभिए
जिल्ला शिक्षा कार्यालय पर्साका अनुसार, भौतिक पूर्वाधार र आवश्यक विद्यार्थी सङ्ख्या नभएका जिल्लाका सात वटा विद्यालय र १६ वटा मदरसालाई नजिकको अर्को विद्यालय र मदरसामा गाभिएको छ ।
मापदण्ड पूरा नगरेका विद्यालय तथा मदरसालाई नजिकको अर्को विद्यालय तथा मदरसामा गाभिने जिल्ला शिक्षा समितिको निर्णयअनुसार ती विद्यालय र मदरसालाई गाभिएको पर्साका जिल्ला शिक्षा अधिकारी हरि बस्तीले बताए ।
विद्यालय दर्ता हुनुपूर्व तयार गर्नुपर्ने भौतिक पूर्वाधार प्रायः शून्य अवस्थामा रहेका तथा वास्तविक विद्यार्थी सङ्ख्या अति न्यून रहेका तर, कागजमा बढी देखाई मापदण्डविपरीत कार्य गरेका त्यस्ता विद्यालय र मदरसालाई समायोजन गर्नुको विकल्प नभएकाले यस्तो गर्नुपरेको जिल्ला शिक्षा अधिकारी बस्तीले जानकारी दिए ।
यसरी विद्यालय तथा मदरसालाई एक अकोसँग गाभिएको यो जिल्लाको पहिलो घटना हो ।
यसरी गाभिने विद्यालयमा सातोमाई प्रावि गर्दौल, दलित मुक्ति प्रावि फूलकौल, नेराप्रावि लखनपुर– १, रामजानकी प्रावि पद्यमौल नगरदाहा, कालीकामाई प्रावि बलुवा, दलित मुक्ति प्रावि जगरनाथपुर धोविनी र नेराप्रावि जानकी नगर ठोरी रहेका छन् ।
यी विद्यालयलाई क्रमशः जनसागर प्रावि गर्दौल, नेरा प्रावि फूलकौल, देवीमाई प्रावि लखनपुर, मसा मावि नगरदाहा, श्री निमावि कटिवलुवा, नेरा मावि जगरनाथपुर नेरा, उच्च मावि दीपकनगर ठोरीमा गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, गाभिने मदरसाहरूमा इस्लामिक अवुवकर सिदिक रामगढवा– ९, मदरसा इस्लामिक हरपतगङ्ज, मदरसा इस्लामिक उमर फारुक गम्हरीया– ७, मकतब इस्लामिया भेडियारी– ४, मदरसा इस्लामिया गोविन्दपुर– ८, मदरसा इस्लामिया बरकतुल उलुम मसियानी– ३, सुफाआइदियल एकेडेमी जगरनाथपुर सिरा– १, यतिमखाना इस्लामिया दारुल यतमा वीरगन्ज– २, मदरसा दारुल सलाम अठराहा सुगौली– ६, इस्लामिया मदरसा मेफताउल उलुम सुगौली– ८, मदरसा उरुलकुरान निचुटा, मकतब जमैतुल उलुम भिस्वा– ३, मदरसा इस्लामिया खलुचरी विजवनिया– ५, मकतब इस्लाहुल मुस्लेमिन वसडिल्वा– ७, मदरसा इस्लामिया इस्लामपुर बेल्वा– २ र मदरसा इस्लाहुल इस्लेमिन असालदिया बेल्वा– ९ रहेका छन् ।
्ती मदरसालाई क्रमशः मदरसा कासमिया श्रीपुर वीरगन्ज, मदरसा इस्लामिया प्रावि सुगौली, मदिना मस्जिद मदरसा छपकैया भौराटार– ३, नुरी मस्जिद मकतब गदियानी भेडियारी– ८, मकतब इस्लामिया दारुल बनात सिर्सिया– ३, इस्लामिया मकतब मदरसा भिखमपुर– ३, मदरसा सलफिया रहमानिया विजवनिया– ३, इदुल जुमुन रहमानिया मकतब नौकाटोला वीरगन्ज छपकैया, मदरसा इस्लामिया प्रावि स्कुल सुगौली विर्ता– २, मदरसा हरमैन दारुलउलुक निचुटा– ८, मदरसा इस्लामिया नदाए मिल्ला भिस्वा– ४, मदरसा सलफिया रहमानिया बिजवनिया– ३, मकतब इस्लामिया रतनपुर बसडिल्वा– ७, मकतब इस्लाहुल मुस्लेमिन परशुरामपुर बिरुवा गुठी– २ र मकतब इस्लामहुक मुस्लिेमिन परशुरामपुर बिरुवागुठीमा गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
