थप समाचारशुक्रबार, माघ २४, २०७०
मोरङमा पनि विद्युत् चोरी
प्राधिकरणको मोरङस्थित बेलबारी वितरण केन्द्रले १० दिनको अवधिमा विद्युत् चोरीमा संलग्न ३३ जनालाई पक्राउ गरेको हो । केन्द्रले १३ माघदेखि शुरु गरेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख दीपक दाहालले जानकारी दिए ।
कारबाहीको क्रममा केन्द्रले रु. २ लाख ८६ १०८ राजश्व असुली गरेको छ । केन्द्रले त्यसअवधिमा ४४ घरले विद्युत् चोरी गरिरहेको भेटिएको र उनीहरुले प्रयोग गरेको हुकिङका सामान पनि बरामद गरेको जनाएको छ ।
केन्द्रका अनुसार अभियानअन्तर्गत बेलबारी आसपासका ११ गाविसमा अनुगमन गरिएको थियो । चालु आर्थिक वर्षमा त्यस क्षेत्रबाट मात्र १२ हजार ५७७ युनिटल विद्युत् चुहावट भएको केन्द्रले जनाएको छ ।
रासस
