समाचारशुक्रबार, माघ २४, २०७०
राष्ट्रपतिको निर्वाचन हुनुपर्छः भट्टराई
एमाओवादी नेता भट्टराईले संविधानसभाको निर्वाचन नै नयाँ भए पछि पहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् । गोरखाको भुम्लिचोकस्थित तोमनडाँडामा २४ माघमा भएको कार्यक्रममा उनले राष्ट्रपतिको निर्वाचनपछि मात्र सभामुख, उपसभामुख, प्रधानमन्त्री चयन हुनुपर्ने बताए ।
उनले भने, “सामान्य जनताले पनि बुझ्ने कुरालाई विभिन्न बहानाबाजी बनाउनु कसैका लागि पनि हित हुँदैन ।” उनले संविधानका धारा ८० (६) मा स्पष्टरुपले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख भएको जिकिर गरे ।
“राष्ट्रपतिको निर्वाचन नहुनु भनेको लोकतन्त्र नमान्नु हो,” उनले भने, “सबैभन्दा पहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरेर लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउनु पर्छ ।”
रासस
