थप समाचारशुक्रबार, माघ २४, २०७०
महिला बेचबिखन गर्ने ३ पक्राउ
तीन महिलालाई भारत लैजाँदै गरेका तीन जना झापाको भद्रपुरबाट पक्राउ परेका हुन् । उनीहरुलाई भद्रपुर सिमानाबाट २४ माघमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा झापा, राजगढ–८ का रियाजुद्धिन मिया, खलिल अन्सारी र गोलधाप–८ का अर्पण राई छन् । भारत हुँदै तेस्रो देश लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले तेस्रो देशको प्रवेशाज्ञा र वैदेशिक रोजगारी सम्बन्धी कुनै कागजात बिना नै महिलाहरुलाई भारत लैजाँदे गरेको भेटिएको हो । तीनै जनाविरुद्ध मानव ओसारपसार तथा बेचबिखनको अभियोगसहित मुद्दा दायर गरिएको छ ।
गोपाल गडतौला, झापा

