समाचारबुधबार, साउन २४, २०६९

एमाओवादीभित्र अझै गुट बाँकी छः दीनानाथ शर्मा

हिमालखबर

पाल्पाको तानसेनमा २४ साउन बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले एमाओवादीमा आन्तरिक गुटबन्दी कायम रहेको बताएका हुन् । साउन पहिलो साता काठमाडौंमा सम्पन्न सातौं विस्तारित बैठकमा गुट समाप्त भएको घोषणा गरेको २४ घण्टा नबित्दै अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीच बैठकस्थलमै कुर्सी हानाहान भएको थियो । पार्टीको गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई दवाव दिन शर्माले कार्यकर्तालाई आग्रह गरे ।

शिक्षामन्त्री समेत रहेका शर्माले अहिलेको अवस्थामा आफ्नो पार्टीले सरकार छोड्ने सोचसम्म नबनाएको बताए । माओवादीले सहमतिको लागि हदैसम्मको लचकता अपनाएको भए पनि कांग्रेस र एमालेले आफूहरुलाई पेलेरै जाने नीति लिएकाले सहमति बन्न नसकेको उनको आरोप थियो ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>