थप समाचारशनिबार, माघ २५, २०७०

एक लाख फिरौती तिरेर अपहरणमुक्त

हिमालखबर

२३ माघ राति ५–६ जनाको समूहमा आएका अपहरणकारी समूहले लहानका दुखी महतोलाई घरबाटै अपहरण गरेको दुई दिनपछि एक लाख रुपैयाँ असुल गरेर मुक्त गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लहान शाखामा महतोको नाममा रहेको खाताबाट चेकमार्फत रु एक लाख झिकेपछि उनीहरुले अपहरण मुक्त गरेका हुन् ।

फिरौती असुलेपछि महतोलाई जिपमा ल्याई २४ माघ राति ११ बजे घर नजिकैको नहरमा छाडेका थिए । त्यसपछि महतोलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको उनकी श्रीमती चन्द्रिका महतोले बताइन् ।

अपहरणकारीले महतोलाई निर्घात कुटपिट गर्नाका साथै पिठ्युँ र हातमा पत्तीले चिराचिरा पारेर गम्भीर घाइते बनाएका छन् । अपहरण मुक्त भई उपचार गराइरहेका महतोले बैंकको चेकमा जबरजस्ती हस्ताक्षर गराएर रकम निकालिसकेपछि अपहरण मुक्त गरेको बताए ।

उनले अपहरणकारी को हुन, उनीहरुले आफूलाई कहाँ लिएर गएका थिए भन्ने बारेमा थाहा नभएको बताएका छन् ।

अपहरणकारीले घरबाट नागरिकता, जग्गाको लालपुर्जा, बैंकको चेक थैलीलगायतका सबै कागजात समेत लुटेका थिए । उनले भने, “मेरो छोरालाई मारिदिन्छौं भनेका छन् ।”

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने, “अपहरित महतोको आफ्नै काकासँग लामो समयदेखि जग्गा विवाद छ । त्यसैले सो विषय पनि जोडेर अनुसन्धान भइरहेको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>