समाचारशनिबार, माघ २५, २०७०

पूरानै कार्यशैलीले संविधान बन्दैनः गगन थापा

हिमालखबर

कांग्रेस नेता गगन थापाले अघिल्लो संबिधानसभामा भएका सहमतिहरुको वर्तमान संविधानसभाले स्वामित्व लिने वा नलिने भन्ने बारे संविधानसभाभित्रै एक महिनासम्म छलफल गरी सजिलै टुंग्याउन सकिने धारणा व्यक्त गरेका छन् । उनले स्वामित्व ग्रहणबारे निर्णय लिने सजिलो बाटो हुँदाहुँदै पनि यसलाई अनावश्यक रुपमा नेताहरुले जटिल बनाउँदै लगेको आरोप समेत लगाए ।

चावहिलमा आयोजित सभासदहरुको अभिनन्दन कार्यक्रममा बोल्दै थापाले व्यवस्थापिका संसदमा सभामुख र संबिधानसभामा छुट्टै अध्यक्ष भएमा संबिधान सभाको कामकारवाही अगाडि बढाउन सहज हुनेमा जोड दिए ।

उनले एक वर्षभित्रै लोकतान्त्रिक संबिधान बनाउने र सामान्य बहुमतले संबिधानसभाको अध्यक्ष हटाउन सक्ने प्रावधान राखी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभाको अध्यक्ष बनाएमा संविधान निर्माणमा सहजता आउने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>