समाचारशनिबार, माघ २५, २०७०
प्रधानमन्त्री मनोनयन प्रक्रिया शुरू
व्यवस्थापिका संसद सचिवालयले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउने मिति २५ र २६ माघमा तोकेपछि नेपाली कांग्रेस र एमालेले एक एकप्रति मनोनयन फाराम लिएर गएको सचिवालयले जनाएको छ ।
संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार कांग्रेस सभासद् आनन्दप्रसाद ढुङ्गाना र एमालेका रामवीर मानन्धरले २५ माघ अपराह्न मनोनयन दर्ताका लागि फाराम लगे पनि साँझ ५ बजेसम्म कसैले पनि मनोनयन दर्ता भने गराएका छैनन् ।
व्यवस्थापिका–संसद्ले २७ माघमा हुने प्रधानमन्त्रीको निर्वाचनका लागि मनोनयन दर्ता गराउन २६ माघ साँझसम्मको समय दिएको छ ।
काग्रेसले पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमाले लगायत अन्य दल तथा सभासद्ले हालसम्म उम्मेदवारी दिनेबारेमा निर्णय सार्वजनिक गरेका छैनन् ।
