थप समाचारआइतबार, माघ २६, २०७०
पूर्वगृह राज्यमन्त्री कँडेललाई ज्यान मार्ने धम्की
नम्बर नदेखिने मोबाइल फोनबाट आफूलाई केही दिनदेखि बारम्बार ज्यान मार्ने धम्की आइरहेको कांग्रेस नवलपरासीका नेता देवेन्द्रराज कंडेलले सञ्चारकर्मीलाई बताएका छन् । तीन महिनाभित्र ज्यान मार्ने भन्दै नम्बर नखुलेको फोनबाट आफूलाई बारम्बार धम्की आएको र चुनावको बेलामा पनि आफूलाई यस्तै धम्कीपूर्ण एसएमएस आएको उनले बताए ।
उनले आफूलाई धम्की दिइएको बारेमा गृह प्रशासनलाई जानकारी गराउने भएका छन् । १२ भदौ २०६० मा एमाओवादीले आफूमाथि गोली प्रहार गरेको र मधेश आन्दोलनका बेलामा समेत आफ्नो घरमा आक्रमण र लुटपाट भएको पनि उनले उल्लेख गरे ।
सरकारले आफ्नो सुरक्षा चुनौतीलाई ध्यानमा राखी सुरक्षा दिए पनि निरन्तर धम्की पाइरहेको भन्दै उनले त्यस बारेमा छानबिन गरी दोषीमाथि कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।
